शनिबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • 'स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर सदन अवरुद्ध गर्ने गलत संस्कार बस्यो'

'स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर सदन अवरुद्ध गर्ने गलत संस्कार बस्यो'

 |  शुक्रबार, साउन १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्यका निम्ति मन्त्रीहरूको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन्।

शुक्रबार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक उद्देश्यका निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरूलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताएका हुन्।

स्पष्टीकरणको मौका नदिई राजीनामा नदिए संसद् चल्न दिन्नौं भन्ने संस्कृति राम्रो नभएको उनको भनाइ छ। उनले भने, ‘राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन। प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई राम्रोसँग स्पष्टीकरण दिने मौका पनि नदिई राजीनामा देऊ नत्र सदन चल्न दिँदैनौं भनेर पहिल्यै घोषणा गर्ने यो राजनीतिक कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन।’ सुन तस्करी प्रकरणका बारेमा उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कुरा गरेपछि मात्र आफूले थप कुरा गर्ने पनि प्रधानमन्त्री दाहालले बताए।

 

प्रकाशित: Jul 28, 2023| 11:47 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्