मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मका बैंक खाता रोक्का 

गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मका बैंक खाता रोक्का 

 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

तनहुँ- आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको  छ। गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो। 

National life

कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी पन्ध्र दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरिसकेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए। व्यवसायीको आम्दानीको स्रोत खोजी गरी बक्यौता रकम दाखिला गराउने अभियानमा कार्यालय लागेको बताए। 

उक्त कार्यबाट पनि बक्यौता रकम दाखिला गराउन नसके निजको चलअचल सम्पत्ति रोक्का गर्न सकिने प्रावधान रहेको जानकारी दिँदै राईले सोही अनुरूप बैंक दाता रोक्का गरिएको बताए। उनका अनुसार तनहुँमा २८, लमजुङमा तेह्र र गोरखामा छ व्यवसायी फर्मको रकम बक्यौता रहेको छ।  

दश अर्ब बढी राजस्व संकलन
आर्थिक वर्ष २०७९-८० मा रू दश अर्ब ८० करोड राजश्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ। रू ११ अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुरुप राजस्व संकलन नभएको कार्यालयका कर अधिकृत एवं सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए।

आर्थिक वर्ष २०७८-७९ मा रू नौ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको उनले बताए। उनका अनुसार उक्त वर्ष रू नौ अर्ब २४ करोड राजस्व संकलन भएको थियो। 

७२ हजार बढी करदाता 
तनहुँमा ७२ हजार चार सय ४७ करदाता रहेका छन्। गत वर्षको तुलनामा करिब १० प्रतिशतका दरले करदाता वृद्धि भएको सूचना अधिकारी पौडेलले जानकारी दिए। पछिल्ला समय नागरिकमा पान नम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने सचेतनाको वृद्वि हुँदै गएकाले करदाताको सङ्ख्या बढेको कार्यालयले जनाएको छ।

प्रकाशित: Jul 27, 2023| 20:41 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्