आइतबार, वैशाख २७, २०८३

सातै प्रदेशमा प्रशिक्षण चलाउँदै रास्वपा

 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम चलाउने भएको छ। साउन र भदौमा रास्वपाले देशैभरका कार्यकर्तालाई प्रशिक्षण दिन लागेको हो।

National life

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ भने बाँकी तीन प्रदेशमा भदौमा प्रशिक्षण कार्यक्रम हुनेछ।

रास्वपाले कोशी र लुम्बिनीको प्रशिक्षण सकिसकेको छ। गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने तय भएको छ भने सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन १९ र २० का लागि तोकिएको छ।बागमती सहित मधेश र कर्णालीको प्रशिक्षण भदौमा गरिने गरी मिति तय हुने बताइएको छ।

प्रशिक्षणमा सहभागी हुनेहरुमा प्रदेश कमिटीका सदस्य, निर्वाचन क्षेत्र समिति, पालिकाका पार्टी अध्यक्ष, सम्बन्धित क्षेत्रको सांसद, केन्द्रीय सदस्य लगायत हुनेछन्। प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमा सभापति रवि लामिछाने सहित शीर्ष नेताले प्रशिक्षण दिनेछन्। प्रशिक्षकको टोलीमा ११ जना छन्।

प्रकाशित: Jul 27, 2023| 15:45 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्