शनिबार, असार २७, २०८३

मौद्रिक नीतिपछि सेयर बजारमा लगातार पहिरो

 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

काठमाडौं- आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक भएयता लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ।

साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा रोकिएको छ। आजको गिरावट १.३७ प्रतिशत हो।

नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गरेको हो। सो दिन बढेको बजार त्यसयता भने लगातार घटेर यो साताको कारोबार अन्त्य भएको छ। बिहीबार २७१ धितोपत्रको ४४ हजार ६७२ वटा कारोबारबाट ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ।

बिहीबार कारोबार रकम २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँ बराबर भएको छ । बिहीबार सबै उपसूचक ओरालो लाग्दा राताम्य देखिए। एनआइसी एसिया फ्लेक्जी क्याप फण्ड, मनकामना स्मार्ट लघुवित्त, इमर्जिङ नेपाल, अभियान लघुवित्तसहितका धितोपत्रको मूल्य बिहीबार धेरैले बढेको छ ।

किसान लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, माइ खोला हाइड्रो, मिथिला लघुवित्त, बरुण हाइड्रोसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ।

प्रकाशित: Jul 27, 2023| 15:35 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्