बिहीबार, वैशाख २७, २०८१

महानगरलाई पुसभित्रै कर तिरे १० प्रतिशत छुट

तिर्नु/बुझाउनुपर्ने सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा दिएको छुट सुविधा लिन करदातालाई महानगरको अनुरोध। 
 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

काठमाडौं– काठमाडौं महानगरले तोकिएको अवधिभित्रै व्यवसायको कर बुझाउन करदातालाई आग्रह गरेको छ। महानगरको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिन आग्रह गरेको हो। 

triton college

महानगरले तिर्नु/बुझाउनुपर्ने सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा दिएको छुट सुविधा लिन अनुरोध गरेको हो। सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरे चालू आवको कर रकमको १० प्रतिशत छुट हुने सूचनामा भनिएको छ।

महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा भाडामा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर २०८० पुस मसान्तभित्र चुक्ता गरे थप ३० प्रतिशत छुट सुविधा रहेको सूचना महानगरले सार्वजनिक गरेको छ।

यस्तै, व्यावसायिक रुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरे भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ। ‘एक वडा, एक नमुना उद्यम’ कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको तीन वर्षसम्म निजले तिर्न÷बुझाउनुपर्ने व्यवसाय कर र दर्ता शुल्कको कर ९५ प्रतिशत छुटको व्यवस्था महानगरले गरेको छ।

चालू आर्थिक वर्ष २०८०/८१ करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपांगता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका ५ लाखसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाले २०८० पुस मसान्तभित्र कर दाखिला गरे जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताका हकमा करको रकम २५ प्रतिशत छुट हुनेछ। तर, महानगरमा स्थायी बसोबास भएका व्यक्तिलाई करमा ५० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jul 27, 2023| 14:47 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्