आइतबार, वैशाख २७, २०८३

एमालेले तोक्यो प्रदेश कमिटी अधिवेशनको मिति

गण्डकीबाहेकका सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमालेले जानकारी दिएको हो।
 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

काठमाडौं– नेकपा एमालेले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ। गण्डकीबाहेकका सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमालेले जानकारी दिएको हो।

National life

सम्बद्ध प्रदेश कमिटी बैठकले आ–आफ्ना प्रदेशको अधिवेशन तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी बताए। कोसी प्रदेशको आगामी १२–१३ असोज विराटनगरमा, मधेस प्रदेशको ५–६ असोज जनकपुरमा, बागमतीको ८–९ असोज काठमाडौंमा अधिवेशन हुने गौतमको भनाइ छ। 

उनका अनुसार लुम्बिनीको १६–१७ भदौ बुटवलमा, कर्णालीको २९–३० भदौ सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको २२–२३ भदौ धनगढीमा अधिवेशन तोकिएको छ।
गण्डकी प्रदेशको आगामी २२ साउनमा बस्ने बैठकले अधिवेशन तोक्ने गौतमले बताए। पार्टी सदस्यता नवीकरणको काम १५ साउनसम्म अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने एमालेले जनाएको छ।

सदस्यता अद्यावधिक गरिसकेपछि निर्धारित समयमै प्रदेश कमिटीका अधिवेशन गरिने प्रचार विभाग प्रमुख गौतमले बताए। एमालेले एक वर्षभित्र प्रदेश, जिल्ला र पालिका तहको अधिवेशन गर्नेछ। उनका अनुसार माघमा स्थानीय तह र चैतमा जिल्ला कमिटीको अधिवेशन गर्ने तयारी भइरहेको छ।

प्रकाशित: Jul 27, 2023| 13:48 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्