आइतबार, वैशाख २७, २०८३

राष्ट्रिय सभाबाट मिटरब्याज विधेयक पारित

अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा आज राष्ट्रिय सभाले संशोधन स्वीकारेकार पुनः पारित गरेको हो।
 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

काठमाडौं– राष्ट्रिय सभा बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ। मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित भएसँगै मिटरब्याज पीडितको समस्या सम्बोधन र मिटरब्याजीलाई कारबाही गर्ने बाटो खुल्नेछ।

National life

अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा आज राष्ट्रिय सभाले संशोधन स्वीकारेकार पुनः पारित गरेको हो।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भएपछि विधेयकले कानुनी रुप लिनेछ। आजको पहिलो बैठकमा सचिव डा. सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गरेका थिए।

विधेयक राष्ट्रिय सभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत ३१ असारमा संशोधनसहित पारित गरेको थियो।

प्रकाशित: Jul 27, 2023| 13:21 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्