आइतबार, वैशाख २७, २०८३

एमालेले राष्ट्रिय सभा बैठकमा पनि माग्यो गृहमन्त्रीको राजीनामा

अवैध सुन प्रकरणमा गृहमन्त्री, अर्थमन्त्री हुँदै विमानस्थल सुरक्षासँग सम्बन्धित सम्पूर्ण सुरक्षा संयन्त्र र भन्सारमा कार्यरत सबै संयन्त्रलाई अनुसन्धानको घेरामा ल्याउन माग।
 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

काठमाडौं– त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन भन्सार पास भएर बाहिरिएपछि बरामद गरिएको घटनालाई लिएर प्रतिपक्षी एमालेले राष्ट्रिय सभा बैठकमा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ। एमालले अवैध सुन प्रकरणमा गृहमन्त्री संलग्न रहेको दाबी गर्दै संसदीय समिति बनाएर उनीमाथि छानबिन गर्नुपर्ने माग गरेको हो।

National life

आजको राष्ट्रिय सभाा बैठकको आकस्मिक समय लिएर एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले त्रिभुवन विमानस्थलबाट भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको समेत संलग्नता रहेको बताए। उनले बरामद सुन अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सभाध्यक्ष गणेश तिम्लिसिनाको ध्यानाकर्षण गराए।

उनले भने, ‘संसदीय छानबिन समिति बनाउने हो भने राष्ट्रिय सभाका सदस्यलाई पनि सहभागी गराइनुपर्छ। विमानस्थलको सुरक्षा व्यवस्थालाई छिचोल्दै सय किलो सुन बाहिर आएर बरामद भएपछि सोही दिन मैले सुरक्षा व्यवस्थालाई बलियो बनाउन सकिनँ भनेर गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो। अवैध सुन तस्करीमा संलग्न सानालाई मात्र पक्राउ गरेर ठूलालाई छोइएको देखिएन।’

अवैध सुन प्रकरण गृहमन्त्रीको संलग्नताबिना सम्भव नहुने दाबी सांसद दाहालले गरे। अब यो विषयलाई गृहमन्त्री, अर्थमन्त्री हुँदै विमानस्थल सुरक्षासँग सम्बन्धित सम्पूर्ण सुरक्षा संयन्त्र र भन्सारमा कार्यरत सम्पूर्ण संयन्त्रलाई अनुसन्धानको घेरामा ल्याउनुपर्ने माग उनले गरे।

सरकारले तस्करीलाई सहयोग गरेकाले देखावटी छानबिनले पूर्ण नहुने हुँदा सुन तस्करी प्रकरणको जरैदेखि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा उनले व्यक्त गरे।

प्रकाशित: Jul 27, 2023| 13:10 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्