शनिबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विमानस्थल निरीक्षणमा अर्थमन्त्री महत, एक क्विन्टल सुनबारे भन्सार कर्मचारीसँग सोधपुछ

विमानस्थल निरीक्षणमा अर्थमन्त्री महत, एक क्विन्टल सुनबारे भन्सार कर्मचारीसँग सोधपुछ

विमानस्थल भन्सारबाट अवैध सुन पार गराउन भूमिका खेलेको दाबीसहित गृहमन्त्री नारायणकाजी र अर्थमन्त्री महतको प्रतिपक्ष एमाले र कांग्रेस नेताले राजीनामा मागेका छन्। 
 |  बिहीबार, साउन ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

vianetvianet

काठमाडौं– त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट गत बुधबार एक क्विन्टल अवैध सुन भन्सार जाँचपासपछि बाहिरिएको घटनाले आलोचनामा परेका अर्थमन्त्री डा. प्रकाशरण महतले आज भन्सार कार्यालय निरीक्षण गरेका छन्।

विमानस्थल भन्सारबाट अवैध सुन पार गराउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री महतको संलग्नता रहेको दाबीसहित राजीनामा माग्दै मुख्य प्रतिपक्ष एमालेले बुधबार मात्रै संसद् बैठक अवरुद्ध गरेको थियो। कांग्रेस सांसदले पनि बुधबारको बैठकमा एमाले मागलाई समर्थन गरे।

एक क्विन्टल अवैध सुन राजस्व अनुसन्धानको टोलीले ट्याक्सीबाट बरामद भन्सार विभाग र राजस्वले समेत छुट्टाछुट्टै समिति गठन गरेर छानबिन गर्दै आएका छन्। विमानस्थलका केही कर्मचारी र विभागीय प्रमुख नै फेरबदल भइसकेका छन्। विभागीय मन्त्री र उच्च राजनीतिक नेतृत्वको संलग्नाबिना सुन तस्करी हुनै नसक्ने स्वंय सत्तारुढ दलका नेताहरु बताउँछन्। 

विमानस्थलको भन्सारबाटै सुन तस्करी बढेपछि त्यसबारे बुझ्न अर्थमन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेका छन्। आज बिहान निरीक्षणका लागि विमानस्थल पुगेका महतले भन्सार कर्मचारीसँग अवैध सुनबारे सोधपुछ गरेको अर्थ मन्त्रालयले जनाएको छ।

यसअघि गृहमन्त्री नारायणकाजीले पनि विमानस्थल निरीक्षण गरेका थिए। सुन तस्करीमा संलग्न भरियालाई नियन्त्रणमा लिइए पनि मुख्य नाइकेलाई नसमातेपछि सरकारमाथि आशंका बढ्दै गएको छ।

Metro Mart

प्रकाशित: Jul 27, 2023| 11:58 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्