शनिबार, असार २७, २०८३

प्रतितोलामा ८०० ले बढ्यो सुन

आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५ सय र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघको विवरण। 
 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५ सय र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो। यसअघि ४ साउनमा हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख १३ हजार ६ सयमा कारोबार भएको थियो।

मंगलबारदेखि बढ्न सुरु गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो। अघिल्लो दिन बुधबार तोलामा ५ सय बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बढेको हो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको हो। बुधबार चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Jul 27, 2023| 11:06 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्