शनिबार, असार २७, २०८३

राष्ट्रिय सभा बैठकमा पेस हुँदै मिटरब्याज विधेयक 

प्रतिनिधिसभाबाट सर्वसम्मत पारित मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० आज राष्ट्रिय सभा टेबुल गरिने भएको हो। 
 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

काठमाडौं– प्रतिनिधिसभामा सुन पसेपछि बैठक अवरुद्ध भए पनि आज राष्ट्रिय सभा बैठक बस्ने कार्यसूची संघीय संसद् सचिवालयले प्रकाशित गरेको छ।

आजको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट पारित मिटरब्याजीलाई कारबाही गर्न कानुनी व्यवस्था गरिएको विधेयक टेबुल गरिनेछ।

प्रतिनिधिसभाबाट सर्वसम्मत पारित मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० आज राष्ट्रिय सभा टेबुल गरिने भएको हो। आज बिहान ११ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक सुरु हुने संसद् सचिवालयले बताएको छ।

प्रकाशित: Jul 27, 2023| 10:41 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्