शनिबार, साउन २४, २०८२

गोदामघर सञ्चालन ल्याउन मुख्यमन्त्री जमकट्टेलको निर्देशन

 |  बुधबार, साउन १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

vianetvianet

हेटौँडा- बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विपद् जोखिमको पूर्वतयारीका लागि गोदामघर सञ्चालनमा ल्याउन निर्देशन दिएका छन।

प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकलाई सम्बोधन गर्दै उनले विपद् व्यवस्थापनको रकम कार्यविधि बनाएर विपद् व्यवस्थापनको रकम स्थानीय तहलाई हस्तान्तरण गरिने जानकारी दिए।

मन्त्री जमकट्टेले जोखिमको पहिचान भएका स्थानीय तहमा पूर्वतयारी गरिहाल्नुपर्नेसमेत बताए। उनले प्रदेश सरकार मातहत मकवानपुर, नुवाकोट र काभ्रेमा रहेको गोदाम घर (विपद्को राहत तथा उद्धार सामग्री) चालु अवस्थामा राख्न निर्देशन दिएका छन।

बैठकमा मनसुनजन्य विपद्पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, प्रदेश विपद् कोषबाट लागत साझेदारीबापत उपलब्ध गराइएको रकम, प्रदेश विपद् व्यवस्थापन कोषको रकम खर्च गर्ने सम्बन्धमा छलफल भएको थियो।

प्रदेश विपद् व्यवस्थापन कोषमा मौज्दात रहेको रकमबाट जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा आवश्यकता र औचित्यताका आधारमा विपद् व्यवस्थापन कोष परिचालन गर्ने, विपद् पहिचान भएका स्थानीय तहरुमा पूर्वतयारी, खोज उद्धार र राहत, आवास पुनर्निर्माण र पुनस्थापनाका लागि प्रदेश सरकारले रकम उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् वाग्मती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए।

Metro Mart

बाग्मती प्रदेशमा बाढी तथा पहिराबाट लगभग २२ हजार घरधुरी र ९७ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान प्रदेश सरकारले गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलअनुसार विगत १० वर्ष (२०६९ देखि २०७९) सम्मको तथ्यांकलाई विश्लेषण गर्दा प्रदेशमा घटने मनसुनजन्य विपद्हरु क्रमशः बाढी, पहिरो, भारी वर्षा र महामारी रहेका छन।

विगत १० वर्षको तथ्यांकअनुसार दुई सय ४३ वटा बाढीका घटनाहरुमा ९६ मानिसको मृत्यु, ३९ घाइते र ५८ जना बेपत्ता भएको देखिन्छ भने सबैभन्दा बढी मानिसको मृत्यु २०७० सालमा भएको देखिन्छ।

२०७९ सालको मनसुन तथ्यांकअनुसार बाग्मती प्रदेशमा १३  बाढीका घटनाहरु भएमा दुई जनाको मृत्यु भएको छ भने नौ घर पूर्ण क्षति हुँदा ९२ लाख ७३ हजार क्षति भएको थियो। २०७९ सालमा भएको बाढीको घटनाको तथ्यांकअनुसार यस्को प्रभाव असारदेखि कात्तिकसम्म हुने गरेको छ।

जसमध्ये साउन महिनामा सबैभन्दा धेरै प्रभावित हुने गरेको तथ्यांक छ। बाग्मती प्रदेशमा गत वर्ष बाढीका घटना र क्षति भक्तपुर जिल्लामा सबैभन्दा बढी भएको र यसबाट ५७ लाख बराबरको क्षति भएको थियो।

१३ जिल्लामध्ये प्रदेशमा बाढीका कारण मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, काठमाडौं, रसुवा, काभ्रेपलान्चोक र रामेछाप प्रभावित हुने गरेको तथ्यांक छ।

प्रकाशित: Jul 26, 2023| 18:58 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्