आइतबार, वैशाख २७, २०८३

राजसमझ चौधरीको कारबाही फुकुवा गर्न एनपी साउदको माग

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कैलारी गाउँपालिकामा रुख चुनावबाट चुनाव लडेका राजसमझ चौधरीको कारबाही फुकुवा गर्न माग गरेका छन्।

National life

बुधबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य साउदले कैलारी गाउँपालिकामा गठबन्धन हुँदा माओवादीले टिकट पाए पनि रुखबाट चुनाव लडेको र कारबाही भनिएकोमा उनको कारबाही फुकुवा गर्न माग गरेका हुन्।

उनले भने, 'गत चुनावमा स्वतन्त्र चुनाव लडेका र पार्टीबाट चुनाव लडेकालाई पार्टीमा समाहित गर्ने निर्णयको स्वागत गर्दछु। कैलारी गाउँपालिकाको रुखबाट चुनाव लडेको राजसमझ चौधरीको कारबाही फुकुवाको निर्णय गर्न आग्रह गर्दछु।'

कांग्रेसले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका व्यक्तिहरु जंगलीलाल राय, मनोजकुमार शाह, प्रलाद कुमार क्षेत्री, तारादेवी महतो, भोला खड्का, राम सोगारत यादव, विजयकुमार महतो, बिन्देश्‍वर शाह, अक्कल तामाङ, प्रमोद मोक्तान, लक्ष्मण सिंहलगायतको कारबाही फुकुवाको निर्णय गरेको छ।

प्रकाशित: Jul 26, 2023| 18:38 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्