आइतबार, वैशाख २७, २०८३

सुन तस्करीको छानबिन गरी दोषीलाई कारबाही गर्न कांग्रेसको माग

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भइसकेपछि बरामद भएको सय किलो सुन तस्करीको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

National life

कांग्रेसको साउन २ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकमा भएको छलफलपछि आज निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करीको जालो तोडेर तस्करीको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्ने निर्णय गरेको जानकारी गराएका हुन्।

त्यसैगरी भ्रष्टाचार जघन्य अपराध भएको र भ्रष्टाचारविरुद्ध बनेका कानुन कार्यान्वयनमा कांग्रेस प्रतिबद्ध रहेको पनि कांग्रेसले निर्णय गरेको छ। भ्रष्टाचार मुद्दाको अभियोग लागेका कांग्रेस नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने मागसहित राखेको फरक मत पनि निर्णयमा संलग्‍न गरिएको छ।

त्यसैगरी कांग्रेसबाट निर्वाचित सबै तहका सरकारहरुलाई जनताको हितमा काम गर्न, जनतामा सुशासन महसुस हुने गरी कार्य गर्न आग्रह गरेको छ।

प्रकाशित: Jul 26, 2023| 18:20 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्