शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सहमहामन्त्री मन्सुरको भनाइमा केन्द्रीय सदस्य भण्डारीको खेद प्रकट

सहमहामन्त्री मन्सुरको भनाइमा केन्द्रीय सदस्य भण्डारीको खेद प्रकट

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीका सहमहामन्त्री फरमुल्ला मन्सुरको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन्। बुधबार केन्द्रीय समिति बैठकको अन्तिम दिन भण्डारीले मन्सुरको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

उनले भने, 'यो पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्‍न गर्दैछौं। विचार राखिन्छ, छलफल हुन्छ। महासमिति बैठकमा लिखित रुपमा सभापतिज्यूलाई पार्टीको मूल एजेण्डा वैदिक सनातन हिन्दू राष्ट्र हुनुपर्ने लिखित माग गर्नुभएको थियो। हामीलाई हिन्दू राष्ट्रका एजेण्डा उठाउने राजेन्द्र लिङ्देनका भाइहरु भन्‍नु आपत्तिजनक छ। अबको दिनमा यस्ता कुरा बैठकमा प्रकट नगर्न आग्रह गर्दछु। उहाँको यस अभिव्यक्तिले कांग्रेसका कार्यकर्ताको मनमा चोट पुगेको छ,' उनले भने।

आइतबारको बैठकमा मन्सुरले डा. शेखर कोइरालासहितका नेतालाई ‘लिङ्देनका भाइहरू हुन् कि क्या हो’ भन्दै प्रश्न गरेका थिए। निर्वाचन प्रणाली फेर्ने, धर्मनिरपेक्षता हटाउने र प्रदेश संचना खारेज गर्ने विषयमा बोल्ने नेताहरूमाथि उनले प्रश्न उठाएका हुन्। 'राजेन्द्र लिङ्देनले पनि चारवटा मुद्दा उठाएका छन्। त्यसमध्ये तीनवटा मुद्दा त हाम्रो यही केन्द्रीय समितिमा उठिसक्यो। लिङ्देनका भाइहरू हुन् कि क्या हो ! एउटा गणतन्त्र बाँकी छ, बाँकी उसका मुद्दा त यहीँ उठिसक्यो।'

प्रकाशित: Jul 26, 2023| 18:07 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्