मंगलबार, मंसिर २३, २०८२

घरमा श्रीकृष्णको चित्र र बाँसुरी राख्नु शुभ

 |  बुधबार, साउन १०, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बुधबार, साउन १०, २०८०

संसारलाई प्रेमको सन्देश दिने भगवान श्रीकृष्णसँग जोडिएका केही सजिला उपाय गरेर हामी जीवनमा नयाँ उमंग, प्रेम र उत्साहको सञ्चार ल्याउन सक्छौं।

National life

वास्तुशास्त्रका अनुसार घरमा भगवान श्रीकृष्णको चित्र लगाउनु अत्यन्तै शुभ मानिन्छ। वासुदेवद्वारा कन्हैयालाई टोकरीमा लिएर नदी पार गरेको चित्र घरमा लगाउँदा कैयौं समस्याहरु हट्ने विश्वास छ। कन्हैयाले मक्खन खाएको चित्र भान्सामा लगाउनुहोस्। भनिन्छ- यस्तो गर्दा भण्डार भरिएर रहन्छ। सुत्ने कक्षमा कुनै देवी या देवताको चित्र नलगाउनुहोस्। तर श्रीराधा-कृष्णको चित्र सुत्ने कोठामा लगाउन सक्नुहुन्छ।

महाभारत युद्धको चित्र घरमा लगाउनु हुँदैन। बाँसुरी भगवान श्रीकृष्णलाई प्रिय चीज हो। बाँसुरीलाई घरमा राख्दा सकारात्मक उर्जा प्रवाह गर्दछ। यसले वास्तु दोष पनि हटाउने विश्वास गरिन्छ। भगवान श्रीकृष्णलाई श्रृंगार मन पर्ने चीज हो। जन्माष्टमीको राति शिरानीको मुनि सात मोर राख्नुहोस्।

यसो गर्दा कालसर्प दोष भाग्ने विश्वास गरिन्छ। घरमा मयुरको प्वाँख राख्दा सुख, शान्ति प्रवेश गर्दछ। प्वाँख पर्समा राख्दा पर्स कहिल्यै पनि खाली नहुने विश्वास गरिन्छ।

- जन्मकुण्डली, हस्तरेखा, वास्तु परामर्शको लागि सम्पर्क: ९८१२००५३७८

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 26, 2023| 19:07 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्