शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • १६ वर्षदेखि सुन तस्करीमा संलग्न प्रधानमन्त्री, अर्थमन्त्रीलाई कारबाही गर्न माग

१६ वर्षदेखि सुन तस्करीमा संलग्न प्रधानमन्त्री, अर्थमन्त्रीलाई कारबाही गर्न माग

१६ वर्षको अवधिमा ४ हजार ११६ केजी अवैध सुन बरामद घटनामा त्यतिबेलाका प्रधानमन्त्री, अर्थमन्त्री संलग्न रहेकाले उनीहरुमाथि छानबिन गर्न सांसद सुवालको माग।
 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं– नेपाल मजदुर किसान (नेमकिपा) पार्टीका सांसद प्रेम सुवालले गणतन्त्रपछि हालसम्म प्रधानमन्त्री र अर्थमन्त्रीको कुर्सीमा बसेका सबै सुन तस्करीमा संलग्न रहेकाले उनीहरुमाथि छानबिन गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा नेता सुवालले यो अवधिमा ४ हजार ११६ केजी अवैध सुन पक्राउ गरिएकाले त्यतिबेलाका प्रधानमन्त्री, अर्थमन्त्री संलग्न रहेकाले उनीहरुमाथि छानबिन गर्न माग गरेका हुन्। ‘नेपाली नागरिकलाई कसरी नक्कली शरणार्थी बनाइयो, कुन–कुन प्रधानमन्त्री, अर्थमन्त्रीका पालामा सुन तस्करी भयो। सबै छानबिन गरौं,’ उनले भने।

संसद् बैठक चलाइरहेको बेला सरकारले बाधाअड्काउ फुकाउसम्बन्धी धारा निलम्बन गर्न नपाइने उनको भनाइ छ। एमसीसी परियोजनाबारे प्रस्ट हुन र कुन–कुन सरकारको पालामा कति व्यापार घाटा भयो र ऋण लाग्यो, यसको छानबिन गर्न उनले माग गरे।

प्रकाशित: Jul 26, 2023| 15:59 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्