शनिबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सुन बरामद प्रकरणको फाइल बन्द गरे सरकारको दिनगन्ती सुरु हुने रवि लामिछानेको चेतावनी

सुन बरामद प्रकरणको फाइल बन्द गरे सरकारको दिनगन्ती सुरु हुने रवि लामिछानेको चेतावनी

भ्रष्टाचारका घटनापछि कर्मचारीलाई सरुवा गरेर घटना सामसुम पार्न खोजिएको रविको आशंका।
 |  बुधबार, साउन १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

vianetvianet

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा विभिन्न सांसदले पछिल्लो समय मुलुकमा व्याप्त भ्रष्टाचारका घटनामा सरकारको  छानबिन सुस्त हुँदै गएको आरोप लगाएका छन्।

बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले संसद्मा त्रिभुवन विमानस्थलको भन्सारबाट क्विन्टलका क्विन्टल सुन आउनु र यस विषयमा सामान्य मानिस पर्नु जनताले अचम्म नमानेको बताए। भन्सारबाट हुने गरेका सुनकाण्डजस्ता घटनापछि कर्मचारीको सरुवा गरेर सामसुम पार्न खोजिएजस्तो देखिएको उनको भनाइ छ।

कर्मचारीलाई सरुवा गर्दा कारबाही गरिएको हो वा बचाउन लागिएको हो, त्यसबारे आफूले नबुझेको लामिछानेले बताए। उनले भने, ‘डामेर छाडेपछि त्यहाँ भएका घटना दबाउन पाइयो। गम्भीर विषयमा हल्का रुपले केही मानिसलाई सरुवा गरेर हुन्छ? भरिया मात्रै समाउनकै लागि ट्याक्सी समाइएको होला। भरियासँगै ट्याक्सी र सुन मालिकलाई पनि पक्राउ किन गरिएन?’

सुन प्रकरणको दोष लागेपछि विभागीय प्रमुख सुन उक्त पदमा बस्न नमिल्ने उनको भनाइ छ। सोही कारण रास्वपाले घटना छानबिनका लागि सार्वजनिक महत्त्वको प्रस्ताव संसद्मा दर्ता गराएको लामिछानेले जानकारी दिए।

उनले भने, ‘अहिले गृहमन्त्री र सम्बन्धित निकायले गम्भीर रुपमा लिएर यसलाई टुंगोमा लैजानुपर्छ। नक्कली शरणार्थी प्रकरण र ललिता निवासजस्तै जरोमा नगएर हाँगाबिँगा काटेर चुप लागेर सरकार बस्न पाउँदैन।’ 

Metro Mart

सरकारलोई भ्रष्टाचारका फाइल खोल्दा दिइएको स्यावासीलाई फाइदाका रुपमा नलिन उनले चेतावनी दिए। केही कर्मचारी थुनेर, केहीलाई सरुवा गरेर होइन, फाइल खन्न सुरु नगरे सरकारको दिनगन्ती सुरु हुने उनले बताए।

प्रकाशित: Jul 26, 2023| 15:45 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्