आइतबार, वैशाख २७, २०८३

एमालेको अवरोधबीच संसद् बैठक अघि बढाए सभामुखले

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। तर सभामुखले अवरोधकै बीच बैठकको कारबाही अघि बढाएका छन्।

National life

निर्धारित समयभन्दा दुई घण्टा ढिलो सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदले बैठक अघि बढाउन दिएनन्। सांसदहरुले उठेर अवरोध गरेपछि सभामुखले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए।

गिरीले सुन प्रकरणबारे छानबिन गर्न माग गरे। ‘सत्ता पक्षकै दलका नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन प्रकरणमा छानबिन गर्नुपर्छ,’ उनले भने, ‘ठूला माछा उम्कने, सानालाई खोजीखोजी कारबाही गर्ने?’ महराले पटक-पटक भन्सारका कर्मचारीलाई फोन गर्ने गरेको उनको भनाइ छ।

गिरीपछि सभामुखले नेपाली कांग्रेसका सुनिल शर्मालाई समय दिए। शर्माले बोलिरहँदा एमालेका सांसदले भने उठेर अवरोध गरिरहेका छन्।

यसैबीच सांसदहरु बोल्न थालेपछि एमालेका सांसद बसेका छन्।

 

प्रकाशित: Jul 26, 2023| 15:18 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्