शनिबार, साउन २४, २०८२

दुई घण्टा ढिलो सुरु भयो संसद् बैठक

 |  बुधबार, साउन १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

vianetvianet

काठमाडौं- प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु भए पनि प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभालाई नियमित कार्यसूचीमा प्रवेश गर्न दिएन।

निर्धारित समयभन्दा दुई घण्टा ढिलो सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदले बैठक अघि बढाउन दिएनन्। सांसदहरुले उठेर अवरोध गरेपछि सभामुखले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका छन्।  

गिरीले सुन प्रकरणबारे छानबिन गर्न माग गरे। ‘सत्ता पक्षकै दलका नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन प्रकरणमा छानबिन गर्नुपर्छ,’ उनले भने, ‘ठूला माछा उम्कने, सानालाई खोजीखोजी कारबाही गर्ने?’ महराले पटक-पटक भन्सारका कर्मचारीलाई फोन गर्ने गरेको उनको भनाइ छ।

 

प्रकाशित: Jul 26, 2023| 15:06 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्