शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुन तस्करी छानबिनको माग गर्दै संसद्‍मा रास्वपाको संकल्प प्रस्ताव

सुन तस्करी छानबिनको माग गर्दै संसद्‍मा रास्वपाको संकल्प प्रस्ताव

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवैध सुन आयात प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव लगेको छ।

भन्सारबाट एक क्विन्टल सुन कसरी पास भयो भन्ने विषयमा निष्पक्ष छानबिनको माग गर्दै रास्वपाले सभामुख देवराज घिमिरेलाई प्रस्ताव बुझाएको हो।

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने जस्तो उग्र राजनीति नगरी सुन प्रकरणको छानबिनको माग गर्दै लोकतान्त्रिक पद्धतिलाई सहयोग गर्नका लागि संकल्प प्रस्ताव लगेको उसको भनाइ छ। संकल्प प्रस्तावमा २० जना सांसदको हस्ताक्षर छ। प्रमुख प्रतिपक्षी एमालेले भने गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने भएको छ।

प्रकाशित: Jul 26, 2023| 14:06 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्