आइतबार, वैशाख २७, २०८३

एमालेका कारण संसद् बैठकको समय सारियो

आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक एमाले संसदीय दलको बैठकका कारण एक घन्टा पछि सारिएको संसद् सचिवालयले बताएको हो।
 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं– एमाले संसदीय दलको बैठकका कारण प्रतिनिधिसभाको बैठक एक घन्टा पछि सरेको छ। आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक एक घन्टा पछि सारिएको संसद् सचिवालयले बताएको हो।

National life

आजको बैठकमा एमालेले सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने जनाउ दिएको छ। संसदीय दलको बैठकमा यसबारे एमालेले निर्णय लिने बताइएको छ।

विमानस्थलको भन्सारबाट एक क्विन्टल जाँचपास भएर बाहिरिनुमा कर्मचारीको मात्र संलग्नता नभएको र मन्त्री पनि जिम्मेवार रहेकाले सरकारको धारणा मागिने एमाले प्रमुख सचेतक पदम गिरीले बताए।

हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सय किलो बढी सुन बरामद भएको थियो। अवैध सुन भन्सार जाँचपासमा संलग्न कर्मचारीसहित अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन्।

प्रकाशित: Jul 26, 2023| 14:03 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्