आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् अवरोधमा एमालेलाई सघाउन रास्वपा र राप्रपा तयार, गृह, अर्थमन्त्रीको राजीनामा मागमा नसघाउने

संसद् अवरोधमा एमालेलाई सघाउन रास्वपा र राप्रपा तयार, गृह, अर्थमन्त्रीको राजीनामा मागमा नसघाउने

एमालेले अवैध सुन प्रकरणमा गृह र अर्थमन्त्रीको राजीनामा माग्दै संसद् अवरोधमा रास्वपा र राप्रपा सहयोगी, राजीनामा मागमा असहमत।
 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं– गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई बाहिरिएको एक क्विन्टल सुन लिएर भाग्दै गरेको ट्याक्सीबाट राजस्व अनुसन्धान विभागको टोलीले एक क्विन्टल सुन बरामदपछि प्रतिपक्षलाई संसद्मा खुराक थपिएको छ।

National life

यद्यपि सुन प्रकरणमा गठबन्धनभित्रका दलहरु खासै बोलेका छैनन्। प्रतिपक्षी एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागसहित संसद् अवरुद्ध गर्ने घोषणा गरेको छ। 

एमालेलाई संसद् अवरुद्धमा साथ दिन रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सहमत भएका छन्। तर ती दुई पार्टीले गृहमन्त्री र अर्थमन्त्रीा महतको राजीनामामा भने अड्को नथाप्ने बताएका छन्।

एमालेले सुन बरामद प्रकरणलाई लिएर गृहमन्त्री नारायणकाजी र अर्थमन्त्रीसम्मको राजीनामा माग्ने र संसद्लाई फेरि अवरोध गर्ने बताएको छ।तर राप्रपाले संसद् अवरोधबारे दोधारे नीति लिएको छ। उसले भनेको छ, ‘हामी सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ माग्दै संसद् अवरुद्ध गर्छौं तर एमालेजस्तो राजीनामा माग्दैनौं।’

राप्रपाले सुन तस्करी प्रकरणमा मुछिएको आरोप लागेका माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि पनि छानबिन हुनुपर्ने माग गरेको छ। यस्तै, रास्वप)ले पनि संसद् अवरोधमा एमालेलाई सघाइने बताए पनि राजीनामा मागमा भने असहमत रहेको जनाएको छ।

रास्वपाले अवैध सुन प्रकरणमा सरकारलाई दबाब दिन संसद्बाटै आवाज उठाइने बताएको छ। गृह र अर्थमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने जनाएको एमालेले यसबारे निर्णय लिन यतिबेला संसदीय दलको बैठक बसिरहेको छ।

प्रकाशित: Jul 26, 2023| 13:11 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्