आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक, केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक, केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने

आगामी १७ साउनमा बस्ने भनिएको केन्द्रीय समिति बैठकका एजेन्डाका विषय छलफल गर्न पदाधिकारी बैठक बसेको हो। 
 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ।

National life

संयुक्त राष्ट्रसंघको खाद्यसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला इटालीमा छन्। प्रचण्डले आफ्नो अनुपस्थितिमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजीलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएका छन्। उनै नारायणकाजीको रोहबरमा पेरिसडाँडामा पदाधिकारी बैठक बसेको हो।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी १७ साउनमा बस्ने भनिएको छ। तीन दिनसम्म बस्ने भनिएको केन्द्रीय समिति  बैठकका एजेन्डाका विषय छलफल गर्न पदाधिकारी बैठक बसेको हो।

केन्द्रीय समिति बैठकमा उठान गर्नुपर्ने विषयबारे बैठकमा छलफल भइरहेको माओवादी नेता गिरिराजमणि पोखरेलले बताए।

प्रकाशित: Jul 26, 2023| 11:41 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्