शुक्रबार, साउन १, २०८३

देउवाले जवाफ दिएपछि कांग्रेस बैठक आज सकिँदै, के होला निर्णय?

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) सकिँदैछ। आज नै केन्द्रीय समितिको बैठकका निर्णयहरुलाई अन्तिम रुप दिन पदाधिकारीहरुको बैठक पनि डाकिएको छ। पदाधिकारी बैठक बिहान ११ बजे बस्ने नेताहरुले जानकारी दिएका छन्। 

यसअघि हिजो मंगलबार पनि पार्टी पदाधिकारीको बैठक बसेको थियो। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय समितिका बैठकको निर्णय मस्यौदा तयार गर्न नेताहरुलाई जिम्मा दिएको थियो। आज पदाधिकारीको बैठक बसेर निर्णयको मस्यौदालाई अन्तिम रुप दिइने र पछि केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने नेताहरुले जानकारी दिएका छन्। 

केन्द्रीय समिति बैठक अपराह्न ४ बजे बस्ने तय भएको छ। आजको बैठकमा सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नको जवाफसहित सम्बोधन गर्नेछन्। एक वर्षपछि बसेको प्रमुख सत्तारुढ दलको केन्द्रीय बैठकले के निर्णय गर्ल भन्ने चासो धेरैलाई छ। पहिलोपटक कांग्रेस बैठक लाइभ पनि गरिएको थियो।

प्रकाशित: Jul 26, 2023| 09:36 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्