आइतबार, वैशाख २७, २०८३

११ दिनपछि प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। ११ दिनपछि बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजेका लागि तय भएको छ।

National life

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन्।

आजको बैठकमा संसदीय मामिला मन्त्री धनराज गुरूङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ।

प्रकाशित: Jul 26, 2023| 09:26 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्