शुक्रबार, साउन १, २०८३

भ्रष्टाचारको मुद्दामा कांग्रेस कठोर हुनैपर्छ : शेखर कोइराला

 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रष्टचारको मुद्दामा पार्टी कठोर हुन जरुरी भएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित ४१औं बीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले भ्रष्टचारले गाँजीएको मुलुकमा कांग्रेस भ्रष्टचारमा शून्य सहनशीलताको हिसावले अगाडि बढ्नुपर्ने बताए।

‘भ्रष्टचारले देशलाई चारैतिरबाट गम्भीर तरिकाले गाँजीएको पाएको छु। जता जसरी जहाँ हेरे पनि भ्रष्टचार मात्र देखिन्छ। अबको यो केन्द्रीय समिति पछिको नेपाली कांग्रेस भ्रष्टचारमा शून्य सहनशीलताको हिसावले अगाडि बढ्नै पर्छ। नत्र भने नेपाली कांग्रेसको औचित्य  समाप्त हुन्छ।’

उनले देशको दण्डहिनताको अन्त्य गर्न नसकिरहेको र राज्यले नै दण्डहीनतालाई बढाउने प्रयास गरिरहेको बताएका छन्। कांग्रेसले विधानलाई टेकेर हिड्ने हो भने धेरै चुनौतीहरु समाप्त उनको तर्क छ।

प्रकाशित: Jul 25, 2023| 19:01 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्