शनिबार, साउन २४, २०८२

कोशी प्रदेश सरकार गठनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

 |  मंगलबार, साउन ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

vianetvianet

काठमाडौं- कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि मंगलबार पूर्ण इजलासले सुनुवाइ गर्दै ‘हेर्दाहेर्दै’मा राखेको छ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलबार रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। प्रतिवादी तर्फका कानुन व्यवसायीले मंगलबार नै बहस सुरु गरे पनि नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

सोमबारमात्र न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो।

प्रकाशित: Jul 25, 2023| 16:58 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्