शनिबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नक्कली शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ‘ट्रायल’ गरिएको आरजु राणाको गुनासो

नक्कली शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ‘ट्रायल’ गरिएको आरजु राणाको गुनासो

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई मुछेर मिडियाले ट्रायल गरिरहेकाले व्यक्तिमाथि आक्रमण हुने स्थितिको रक्षा पार्टी पंक्तिबाट हुनुपर्ने आरजुको तर्क।
 |  मंगलबार, साउन ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

vianetvianet

काठमाडौं– कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन्।

आज धनुषाको जनकपुरधाममा कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटमा सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुने स्थिति चिन्ताको विषय भएको टिप्पणी गरेकी हुन्।

उनले भनिन्, ‘कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि त्यही भयो। यस प्रकरणमा सयौँ टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ। त्यसैलाई उछालियो। टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिनँ र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो।’ यस्ता मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको धारणा उनले राखिन्।

कांग्रेस र कांग्रेसका नेताहरुले गरेका कामको प्रचार–प्रसार नहुँदा जनतामा राम्रो सन्देश नगएको भन्दै राणाले मधेस प्रदेश नेतृत्वले सरकार र पार्टीमा रहँदा गरेका राम्रा कामको प्रचार–प्रसारका लागि मिडिया रणनीति बनाउन जरुरी रहेको औंल्याइन्। उनले मधेस प्रदेशमा कुषोषण स्थिति राष्ट्रिय सूचकांकभन्दा निकै तल रहेकाले त्यसका लागि पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले काम र प्रचार–प्रसार दुवै गर्न सुझाइन्। 

कार्यक्रममा कांग्रेस नेता रामहरि खतिवडा, मधेस प्रदेश सभापति एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंहका साथै पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए।

Metro Mart

प्रकाशित: Jul 25, 2023| 13:25 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्