शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चिनियाँ कम्युनिस्ट पार्टीका नेता युआनसँग एमाले अध्यक्ष ओलीको भेट

चिनियाँ कम्युनिस्ट पार्टीका नेता युआनसँग एमाले अध्यक्ष ओलीको भेट

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युआनले आज बिहान च्यासलस्थित एमाले मुख्यालयमा ओलीसँग भेटवार्ता गरेका हुन्।
 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

काठमाडौं– एमाले अध्यक्ष केपी ओली र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युआनले आज बिहान च्यासलस्थित एमाले मुख्यालयमा ओलीसँग भेटवार्ता गरेका हुन्।

दुई दिनअघि नेपाल भ्रमणमा आएको आएको चिनियाँ कम्युनिस्ट पार्टीका नेतासहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरेसँग भेटिसकेको छ। सीपीसी प्रतिनिधिमण्डलले आजै माधवकुमार नेपाल नेतृत्वको नेकपा एसका नेताहरूलाई पनि भेट्ने कार्यक्रम छ।

केही दिनअघि कम्बोडिया निर्वाचन अनुगमनमा गएका ओली आजै स्वदेश फर्किएका हुन्। कम्बोडियामा प्रधानमन्त्री हुनसेनको निरंकुश शासन छ भने प्रतिपक्षलाई निर्वाचनमा उठ्न बन्देज लगाइएको छ।

प्रकाशित: Jul 25, 2023| 13:03 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्