आइतबार, साउन २५, २०८२

नारायणगढ–मुग्लिन सडकमा एकापसमा ठोक्किए बस र ट्रक, ३० घाइते 

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका हुन्।
 |  मंगलबार, साउन ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

vianetvianet

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। भरतपुर महानगर–२९ चौधकिलो पुलमा बस र ट्रक एकआपसमा भिडेका हुन्।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका हुन्।

आज बिहान भएको दुर्घटनामा परेका घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ। दुर्घटनाका कारण अवरुद्ध सडक सवारीसाधन पन्छाएर सञ्चालनमा ल्याइएको छ।–रासस

प्रकाशित: Jul 25, 2023| 11:56 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्