आइतबार, वैशाख २७, २०८३

सभापति देउवाले धुम्बाराही निवासमा बोलाए पदाधिकारी बैठक

सभाापति देउवाले अपराह्न ४ बजे बस्ने गरी धुम्बाराही निवासमा पदाधिकारी बैठक बोलाएका हुन्।
 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

National life

काठमाडौं– सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक आह्वान गरेका छन्। सभाापति देउवाले अपराह्न ४ बजे बस्ने गरी धुम्बाराही निवासमा पदाधिकारी बैठक बोलाएका हुन्।

भोलि मुख्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापतिले पदाधिकारी बैठक बोलाएको देउवाको सचिवालयले बताएको छ।

२ साउनदेखि मुख्यालय सानेपामा चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक सम्भवतः विभिन्न निर्णय गर्दै भोलि समापन हुँदै छ। धुम्बाराही बैठकमा केन्द्रीय समिति बैठकको निर्णयबारे छलफल हुने बुझिएको छ।

प्रकाशित: Jul 25, 2023| 11:43 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्