आइतबार, वैशाख २७, २०८३

सानेपा बैठकलाई एकमतको सन्देश दिन बीपीपुत्र शशांकको चियापान

२ साउनदेखि जारी सानेपा बैठकमा केन्द्रीय सदस्यबाट व्यक्त तीतामिठा टीकाटिप्पणीलाई बिसाउने गरी शशांकले चियापान कार्यक्रम आयोजना गरेको उनी निकटस्थले बताएका छन्।
 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

काठमाडौं– सत्तारुढ कांग्रेसको २ साउनदेखि जारी केन्द्रीय समिति बैठक बुधबार पुनः बस्ने गरी आजका लागि स्थगित गरिएको छ। केन्द्रीय कार्यसमिति बैठक विश्रामको दिन कांग्रेस पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य शशांक कोइरालाले सानेपा भेलामा आएकालाई चिया खुवाउन लागेका हुन्।

National life

शशांकले लैनचौरस्थित लैनचौर बैंक्वेटमा  चियापान कार्यक्रम राखेका हुन्। चियापानमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, शेखर कोइराला, परराष्ट्रमन्त्री एनपी साउद, मीनेन्द्र रिजाल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, विनोद चौधरीलगायतका शीर्ष नेता सहभागी छन्। 

यस्तै, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसद, बागमती प्रदेश सांसद, काठमाडौंमा उपलब्ध जिल्ला सभापति, केन्द्रीय सदस्य, कांग्रेस कार्यकर्तालगायत सहभागी छन्।

२ साउनदेखि जारी सानेपा बैठकमा केन्द्रीय सदस्यबाट व्यक्त तीतामिठा टीकाटिप्पणीलाई बिसाउने गरी शशांकले चियापान कार्यक्रम आयोजना गरेको उनी निकटस्थले बताएका छन्।

प्रकाशित: Jul 25, 2023| 10:48 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्