शुक्रबार, जेठ २९, २०८३

कोशी सरकारविरुद्धको रिटमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ

 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

काठमाडौं- कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजालासमा छलफल हुने भएको छ। 

National life

गत असार २१ गते कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन (हस्ताक्षर) पेश गरेर मुख्यमन्त्री बनेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामुखको समर्थनबाट सरकार गठन हुनु गैरकानुनी भन्दै रिट दायर गरेका थिए।

मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिएको मुद्धामा हिजो सुनवाई हुँदा न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो।

प्रकाशित: Jul 25, 2023| 09:27 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्