आइतबार, साउन १७, २०८३

इलाका प्रहरीका इन्चार्ज होटलमा मृत भेटिए

 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

काठमाडौं- बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन्।

बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङ प्रहरीले जनाएको छ।

उनी पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। घटना सोमबार राति साढे १२ बजेतिरको हो। घटना भएपछि होटल सञ्चालकले १ बजेतिर वडाध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए।

प्रकाशित: Jul 25, 2023| 09:04 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्