बुधबार, साउन २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • अहिले गठबन्धन बलियो बनाउने हो, यो बैठकले मिसन ८४ को घोषणा गर्दैन-  महामन्त्री शर्मा

अहिले गठबन्धन बलियो बनाउने हो, यो बैठकले मिसन ८४ को घोषणा गर्दैन-  महामन्त्री शर्मा

 |  सोमबार, साउन ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हाल सत्तामा रहेको गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प नरहेको बताएका छन्। गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार जवाफ दिने क्रममा उनले भने, ‘मंसिर ४ अघिको गठबन्धनको पुनर्प्राप्ति भएको छ। गठबन्धनलाई बलियो बनाएर जाने र निरन्तरताको खोजीको प्रतिबद्धता हामीबीच हुनुपर्छ,।’ 

बैठकमा जवाफ दिँदै उनले भने, ‘कांग्रेसको बैठकमा मिसन ८४ को गम्भीरतापूर्वक छलफल भएको म मान्दिनँ, म भन्दिनँ। यो बैठकले मिसन ८४ को घोषणा गर्दै छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै कतिपय दलले मिसन ८४ को घोषणा गरेपनि ८४ मा चुनाव मात्रै हुने बताए। ‘८४ मा ०७ सालको जस्तो केही परिवर्तन हुँदै छैन। ८४ मा ४६ सालको जस्तो केही परिवर्तन हुन लागेको होइन। ६४ मा देशमा ठूलो हिंसात्मक भएको थियो,’ उनी भन्छन्, ‘कांग्रेसको नायकत्वमा त्यसलाई शान्तिपूर्ण बनाएजस्तो केही हुँदैछैन। संविधान लेख्नेकै नेतृत्व सफलता नहुँदै गर्दा कांग्रेसको नेतृत्वमा सफलता भएजस्तो ८४ मा नयाँ कुनै संविधान बन्दै छैन। ८४ मा केवल चुनाव हुँदैछ।’

राजनीतिक दलले चुनावको मात्र चिन्ता गर्न नहुने महामन्त्री शर्माको भनाइ छ। ‘७४ मा चुनाव हुने ७९ को चिन्ता, अनि ७९ मा चुनाव हुने ८४ को चिन्ता, ८४ मा चुनाव भएपछि ८९ को चिन्ता, देशको चिन्ता कहिले गर्ने? कांग्रेस यो विषयमा छ। कांग्रेसल मिसन ८४ घोषणा गर्नै परे पनि ८३ साल पुग्दै गर्दा घोषणा गरौंला,’ उनले भने।

प्रकाशित: Jul 24, 2023| 17:20 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्