आइतबार, वैशाख २७, २०८३

कांग्रेस संसदीय दलको बैठक बोलाउन सांसद सुनिल शर्माको माग

 |  सोमबार, साउन ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन्। संसदीय दलको कार्यालयमा पत्र लेख्दै शर्माले साउन १० अगावै दलको बैठक बोलाउन माग गरेका छन्।

National life

निवेदनमा शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति शंका उत्पन्न भएकाले यसबारेमा कांग्रेस संसदीय दलको बैठकमै छलफल हुनुपर्ने देखिएकाले बैठक बोलाउन माग गरेको बताएका छन्।

सांसद शर्मा गएको प्रतिनिधिसभाको निर्वाचनमा मोरङ तीनबाट निर्वाचित भएका हुन्।

प्रकाशित: Jul 24, 2023| 16:59 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्