बुधबार, साउन २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सभामुख घिमिरे र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

सभामुख घिमिरे र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

 |  सोमबार, साउन ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ।
 
आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। 

भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकामा आभार व्यक्त गरेका थिए। ‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लोस्तरको भ्रमण हुँदै आएको छ’, उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु।’
 
सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे। उनले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालीन केपी शर्मा ओली सरकारले गरेको पारवहनसन्धी र रसुवागढी-केरुङ रेलमार्गको विकासका लागि जोड दिएका थिए।
 
हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिककालदेखि नै सुमधुर सम्बन्ध रहँदै सभामुखको भनाइ थियो। उनले नेपाल आउने पर्यटकको मुख्य हिस्सा चीनको रहेको बताउँदै यसले नेपालको पर्यटन उद्योगमा टेवा पुर्‍याएको उल्लेख गरे।

सो अवसरमा पोलिटब्यूरो सदस्य युआनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने बताए। उनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तो समेत दिए।
 

प्रकाशित: Jul 24, 2023| 16:07 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्