बुधबार, साउन २८, २०८२

कोशीमा मुख्यमन्त्री नियुक्ति विवादको छिनोफानो पूर्ण इजलासबाटै

सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले निवेदनलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।
 |  सोमबार, साउन ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

vianetvianet

काठमाडौं– कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्ति अवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथिको सुनुवाइको निरुपण अब पूर्ण इजलासबाट हुने फैसला भएको छ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको दाबीसहित कोसीका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट गत २२ असारमा सर्वोच्चमा रिट दर्ता गरिएको थियो। थापाले गत २२ असारमा मुख्यमन्त्रीको सपथ लिएका थिए। 

आज पेसी तोकिएको उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले निवेदनलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। सर्वोच्चले कोसी सरकार गठन विवादमा संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएपछि सर्वोच्चकै पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। यद्यपि पूर्ण इजलास कति सदस्यीय हुने हो भन्नेबारे कुनै आदेश आएको छैन।

सर्वोच्चको पूर्ण इजलासले मंगलबारदेखि नै यो विवादमा सुनुवाइ गर्नेछ। कोसीका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग गरिएकाले आदेशमार्फत मुख्यमन्त्री थापाको सरकारलाई अवैध घोषणा गरेर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न रिट निवेदनमा माग गरेका छन्।

प्रकाशित: Jul 24, 2023| 15:30 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्