शुक्रबार, साउन १, २०८३

कम्युनिस्टहरू भेट्न इन्डोनेसिया उडे माधव नेपाल

नेता नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डोनेसिया उडेको उनको सचिवालयले जानकारी दिएको हो।
 |  सोमबार, साउन ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

काठमाडौ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राती करिब १२ बजे इन्डोनेसिया उडेका छन्। नेता नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डोनेसिया उडेको उनको सचिवालयले जानकारी दिएको हो।

कम्युनिस्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ–आफ्नो मुलुकमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्नेछन्। 

नेता नेपाल कम्युनिस्ट बैठकमा सहभागी भएपछि सिंगापुर र मलेसिया जानेछन्। नेता नेपालले पाँचदिने भ्रमणमा तीन वटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा आपसी हितबारे छलफल गर्ने उनका स्वकीय सचिव मोहन गौतमले बताए।

प्रकाशित: Jul 24, 2023| 14:18 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्