आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कोसीमा मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ हुँदै 

कोसीमा मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ हुँदै 

रिटमाथिको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको हो।
 |  सोमबार, साउन ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

काठमाडौं–कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति अवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ। रिटमाथिको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ।

National life

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको दाबीसहित कोसीका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट गत २२ असारमा सर्वोच्चमा रिट दर्ता गरिएको थियो। थापाले गत २२ असारमा मुख्यमन्त्रीको सपथ लिएका थिए।

मुख्यमन्त्री थापालाई नियुक्त गरिँदा संख्या देखाउनकै लागि प्रदेश सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको थियो। निवर्तमान मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन्।

रिटमाथि २७ असारमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले फैसला सुनाउँदै सरकारलाई दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय नगर्न आदेश दिएको थियो। सर्वोच्चले मुख्यमन्त्री थापा, प्रदेश प्रमुख खापुङ र सभामुख गौतमलाई  ३ असारभित्र जवाफ पठाउन आदेश दिएको थियो।

९३ सदस्यीय कोसी प्रदेशसभामा एमालेका ४०,  कांग्रेसका २९, माओवादीका १२, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका एक सांसद छन्।मुख्यमन्त्री थापाको पक्षमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका गरी ४६ सांसद छन्।

विपक्षमा एमाले र राप्रपा गरी ४६ सांसद नै छन्। बहुमतका लागि ४७ सांसद चाहिने हुँदा सभामुखको हस्ताक्षरबाट थापा मुख्यमन्त्री नियुक्त भएका थिए। कार्कीले थापालाई बर्खास्त गरेर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश मागेका छन्।

प्रकाशित: Jul 24, 2023| 11:41 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्