बिहीबार, साउन २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल भ्रमणमा रहेका चिनियाँ नेताले गरे प्रधानमन्त्री प्रचण्डसँग भर्चुअल संवाद 

नेपाल भ्रमणमा रहेका चिनियाँ नेताले गरे प्रधानमन्त्री प्रचण्डसँग भर्चुअल संवाद 

 |  आइतबार, साउन ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- नेपाल भ्रमणका रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्यसमेत रहेका नेता युआन च्या च्युनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल संवाद गरेका छन्। प्रधानमन्त्री दाहाल इटाली भ्रमणमा रहेका बेला चिनियाँ नेता युआन च्या च्युन नेपाल भ्रमणमा छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहाल र च्या च्युनबीच आइतबार भर्चुअल माध्यमबाट संवाद भएको हो। प्रधानमन्त्री दाहाल र नेता च्या चुनबीच दिउँसो ४ बजे संवाद भएको सचिवालयले जानकारी दिएको छ। संवादमा दुई देशका आपसी हितका विषयमा छलफल भएको बताइएको छ।

सीपीसीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीनदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन्। दक्षिण एसियाका मुलुकहरूको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर नेपाल आइपुगेका हुन्।

प्रकाशित: Jul 23, 2023| 18:54 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्