आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी केन्द्रका उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान

माओवादी केन्द्रका उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

National life

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ। 

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली छ दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेको हो। 

दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने जानकारी दिइन्। ‘मुख्यतः भाजपा र हाम्रो पार्टीगत सम्बन्धलाई सृदृढ पार्ने कुरा हो’,  उनले भने,  ‘हामी सबैतिर सुमधुर सम्बन्धमा छौँ। चिनियाँ कम्युनिष्ट पार्टीसँग भाइचारा सम्बन्ध र भाजपासँग मैत्री सम्बन्ध हो।’ उनका अनुसार छदिने भ्रमणमा भाजपाको केन्द्रीय नेतृत्वसँग अन्तक्र्रिया र छलफल गर्ने कार्यक्रम छ।
 

प्रकाशित: Jul 23, 2023| 17:58 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्