आइतबार, वैशाख २७, २०८३

कांग्रेस बैठक सोमबार पनि, आइतबार २५ जना बोले

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- दुई साउनदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज २५ जनाले आफ्नो धारणा राखेका छन्। सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपामा बैठक जारी छ।

National life

आजको बैठकमा ७ जना सहमहामन्त्रीसहित केन्द्रीय सदस्यहरुले बोलेका थिए। सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारले पाँचौं दिनको बैठकमा धारणा राखे। यसैगरी केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, चित्रलेखा यादव, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, एन.पी. साउद, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, प्रदीपकुमार सुनुवार, विनोदकुमार चौधरी, भीम पराजुली र धना खतिवडाले आ–आफ्नो धारणा राखे।

बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरु अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एन.पी. साउद, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण पेश गरे।

बैठकमा धारणा राख्ने क्रम जारी छ। कार्यसमितिको बैठक भोलि सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।

प्रकाशित: Jul 23, 2023| 17:58 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्