सोमबार, वैशाख ८, २०८२

कस्तो हुन्छ धनी हुने मानिसको हस्तरेखा ?

 |  आइतबार, साउन ७, २०८०
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

आइतबार, साउन ७, २०८०

vianetvianet

हस्तरेखा विज्ञानको सहायताले मानिसको भूत, भविष्य तथा वर्तमान थाहा पाउन सकिन्छ। यस्तै हस्तरेखाका आधारमा भाग्य निर्माण हुने ज्योतिषशास्त्रको दावी छ ।

triton college

यस्ता प्रकारका रेखाहरु जन्म हुनुअगावै निर्धारण हुने नभई जन्मपश्चात् यस्तो रेखा निर्माण हुने बताइएको छ। यस्तै हस्तरेखाकै आधारमा जीवन ब्यतित हुने गर्दछ। धनी हुने मानिसको हस्तरेखा कस्तो हुन्छ भन्ने कुराको जानकारी आज हामी तपाईंहरुलाई दिन जाँदैछौं।

समुन्द्र शास्त्रको मान्यताअनुसार जुन मानिसको हातका औंलामा जौजस्तै कुनै चिन्ह भएमा ती ब्यक्तिहरु आफ्नो जीवनमा निकै धनी तथा सुखी हुने कुरा उल्लेख गरेको पाइन्छ। यस्ता मानिसहरु भाग्यशाली हुनुका साथै समाजमा मान तथा प्रतिष्ठा उच्च रहने तथा राजनीति क्षेत्रमा प्रवेस गरेमा सफल राजनीतिज्ञ हुने हस्तरेखा विज्ञानले दावी गरेको छ।

हातका औंलाहरुमा शंखको आकार भएका ब्यक्तिहरु निकै बुद्धिमान हुने हस्तरेखा विज्ञानको दावी छ। यस्ता ब्यक्तिहरुको चार औंलामा शंखको आकार भएमा कुनै सरकारी क्षेत्रको उच्च पदस्थ पद प्राप्त गर्ने, त्यसैगरी ५ औंलामा शंख भएमा वैदेशिक भ्रमण तथा वैदेशिक रोजगारबाट निकै फाइदा पुग्ने मानिन्छ।

६ वटा औंलामा शंख चिन्ह भएमा धार्मिक आस्थावान ब्यक्ति हुने तथा धार्मिक प्रवचनमा निकै तिक्ष्ण हुने मान्यता छ। यसैगरी १० औंलामा शंख हुने ब्यक्ति महात्मा हुने, ८ शंख हुने ब्यक्ति निकै सुखी तथा धनी हुने मान्यता छ ।

National life insurance

हस्तरेखामा महत्वका साथ हेरिने अर्को चक्र पनि हो। जुन मानिसको हातका दशवटै औंलामा चक्र भएको हुन्छ त्यस्तो मानिसले संसारका हरेक चीज आफ्नो बनाउन सक्छन् ।
त्यसैगरी एउटा मात्र औंलामा चक्र हुनेहरु विद्वान तथा दुई  चक्र हुनेहरु सुन्दर हुने मान्यता छ। यसैगरी हातका तीन औंलामा चक्र हुने मानिसहरु निकै सुखी हुनुका साथै ऐस आराम गर्ने प्रकारका हुन्छन्।

हातको अनामिका औंलाको फेदको भागमा सूर्य पर्वत रहेको हुन्छ। सूर्यको रेखा स्पष्ट भएमा सरकारी क्षेत्रमा निकै राम्रो प्रगति गर्न सक्छन्। त्यसका साथै हातको सोही स्थानमा त्रिभूज समेत छ भने त्यस्ता ब्यक्तिहरुको राम्रो प्रभाव देश तथा विदेशमा रहने हस्तरेखा विज्ञानको मान्यता रहेको छ।

प्रकाशित: Jul 23, 2023| 19:07 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्