आइतबार, वैशाख २७, २०८३

'हिन्दु राष्ट्र नलेखिएको संविधान दिवस मनाउन सकिँदैन'

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले संविधान दिवस मनाउन नहुने बताएका छन्। कांग्रेसको यही साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले भने ‘कांग्रेसको नेतृत्वले २०४७ सालमा ल्याएको संबिधानमा हाम्रो अपनत्व थियो अहिले बनेको संबिधानमा छैन।’

National life

उनले संबिधान जारी गर्ने बेलामा एउटा सम्झौताको दस्ताबेजको रुपमा बाध्यात्मक अवस्थामा अपरिहार्य जारी गरेको कुरा सबैलाई जानकारी भएको पनि बताएका छन्।

उनले थपे, ‘त्सर्थ हाम्रो सनातन धर्म विरुद्धमा योजनाबद्ध ढङ्गले नै धर्मनिर्पेक्ष शब्द घुसाईएको छ यसलाई बदल्नु पर्छ।’

त्यसैले विवादास्पदमा रहेको संबिधानलाई नेपाली काँग्रेसले दिवस मनाउन नहुने उनको तर्क छ।नेपाली कांग्रस यसको बारे बोल्न पनि आग्रह गरे। नेता भण्डारी लामो समय देखि हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आइरहेका छन्।  

प्रकाशित: Jul 23, 2023| 15:26 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्