शनिबार, साउन ३१, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भयो : मन्त्री साउद

विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भयो : मन्त्री साउद

 |  आइतबार, साउन ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताएका छन्। 

कांग्रेसको यही साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले आफ्ना धारणा राख्दै सत्ता नपाएपछि विपक्षी दलले सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गरिरहेको आरोप लगाए।   

विपक्षमा रहेका दल सत्ता नपाएपछि रन्थनिएका जस्तो अवस्थामा देखिएको टिप्पणी गर्र्दै नेता साउदले भने, ‘सेना जस्तो संस्थामा केही पार्टीले आक्रमण गरिरहेका छन् । मुलुकको असंलग्न परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गर्ने काम भइरहेको छ ।’ प्रमुख सत्ता साझेदार दल कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिए।
 

प्रकाशित: Jul 23, 2023| 15:09 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्