आइतबार, वैशाख २७, २०८३

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य नेपाल भ्रमणमा

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- चीनको चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि आएका छन्।

National life

उनी नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै अपाराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र होटल द्वारिकामा उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

उनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिबार नै नेपाल आएका थिए। उनी श्रीलङ्काको भ्रमण सम्पन्न गरी नेपाल आएका हुन्।

प्रकाशित: Jul 23, 2023| 14:09 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्