आइतबार, वैशाख २७, २०८३

वीपी सम्झिँदै शशांकले भने- कांग्रेसको लक्ष्य सरकारमात्रै हो?

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले पार्टीले सरकारमा जानेमात्रै लक्ष्य लिएको बताएका छन्। अहिले वीपी कोइराला जीवित भएको भए टाउकामा हात राखेर हाम्रो लक्ष्य के सरकारमा जानेमात्रै हो भन्ने प्रश्न गर्ने उनले बताए।

National life

आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भने, ‘हामीले वीपीलाई बिर्सियौं? उहाँ मेरो स्तरको जनताको परिवार होस् भन्ने चाहनुहुन्थ्यो।’ कठिन अवस्था, आर्थिक अवस्था र कम संख्याको संगठनका बीच पनि वीपीले लक्ष्य हासिल गरेको उनको भनाइ छ। ‘कांग्रेसको लक्ष्य के हो। हामी कता गइरहेका छौं? खाली सरकार र सत्ता मात्रै? पार्टी रूपान्तरण गर्नुपर्‍यो,’ उनले भने।

कांग्रेसले हिजोमात्रै वीपी स्मृति दिवस मनाएको हो। दुई साउनमा सुरु भएको केन्द्रीय समिति बैठक यसकै लागि हिजो राखिएको थिएन। शशांक वीपीका छोरा हुन्।

 

प्रकाशित: Jul 23, 2023| 13:22 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्