आइतबार, वैशाख २७, २०८३

संसदीय दलको नेतामा मन नडुलाउन गगनलाई मीनेन्द्रको सुझाव

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना अहिले नराख्न सुझाव दिएका छन्।

National life

आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने भन्ने नै रहेको भन्दै उनले तर केही विषयमा कुरा नमिलेको बताए।

उनले भने- ‘महामन्त्री थापालाई सुझाव- सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्, महामन्त्री पनि चाहनुहुन्छ २०८४ सम्म यति गरौं कि २०८४ पछि मज्जैले अगाडि लैजान सकौं भनेर। कहाँनेर इन्ट्रेस्ट मिलेन भनेर खोज्दै जाँदाखेरि संसदीय दलको खनायो छ नि त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो।’

६ पुस २०७९ मा भएको संसदीय दलको चुनावमा सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई पराजित गरेका थिए। पछिल्ला केही सार्वजनिक अभिव्यक्तिमा थापाले आफू संसदीय दलको नेता बदल्न अझै लाग्ने र शक्ति पुगेको दिन बदल्ने बताइरहेका छन्।

केन्द्रीय सदस्य रिजालले कांग्रेस बैठक यसपटक प्रत्यक्ष प्रशारण भए पनि सधैं हुन नसक्ने बताए। यसपटक सभापतिले ‘हात्ती सबैले छाम्न पाउन्’ भनेर लाइभ गरेको हुन सक्ने उनले बताए। ‘हात्ती राम्रै छ सबैले छाम्न पाउन् देख्न पाउन् भनेर यो बैठक लाइभ भएको होला। एउटा समयपछि यसको उपादेयता पनि कम हुन्छ भन्ने मलाई लाग्छ’ डा. रिजालले भने।

बैठक कसरी सञ्चालन गर्ने भन्ने सभापतिको अधिकारको कुरा भए पनि यस विषयमा सभापतिले अरुको पनि परामर्श लिनुपर्ने उनले बताए।

 

प्रकाशित: Jul 23, 2023| 13:17 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्